Categories
ताजा समाचार

पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह

काठमाण्डौ – यातायात व्यवस्था विभागले २०१८ डिसेम्बर ३१ अर्थात २०७५ पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह गरेको छ । लाइसेन्स छपाई सकिएको र साउन १५ गतेसम्म विभागको कार्यालय नयाँ बानेश्वरबाट वितरण हुने विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाबाट २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरणका लागि आवेदन दिएकाहरुलाई स्मार्ट लाइसेन्स लिन विभागले बोलाएको हो ।

सवारी चालकले राजश्व बुझाएको रसिदको आधारमा साउन १५ गतेसम्म स्मार्ट लाइसेन्स  विभागको कार्यालय नयाँ बानेश्वरबाट पाउने छन् भने  साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट वितरण गरिने छ ।

यो पनि हेर्नुहोस 

तरकारीको भाउ ह्वातै बढ्यो,दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ ।

दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ ।

हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ । घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुस, गोलभेंडालगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ ।

गत आर्थिक वर्षको ११ साउनमा कालीमाटीमा गोलभेंडाको प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गोलभेंडाको मूल्य न्यूनतम १ सय रुपैयाँ र अधिकतम मूल्य १ सय १० रुपैयाँ पुुगेको समितिले जनाएको छ ।

कालीमाटी बजारभन्दा अन्य ठाउँमा सोही गोलभेंडाको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उपभोक्ता बताउँछन् । यसैगरी, गत वर्ष घिरौलाको न्यूनतम मूल्य ६० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घिरौलाको प्रतिकिलो मूल्य १ सय २० रुपैयाँ पुगेको छ ।यो गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published.