Categories
ताजा समाचार

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु

रामेछाप– सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु भएको छ । । मृ*त्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेको प्रहरीले जनाएको छ ।

उनले कठजोर खोला नजिककैबाट सेल्फी लिँदालिँदै ज्यान गएको हो ।कर्मचार्यको श*व मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेको बताइएको छ । अहिले श*व पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी

नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो । दुबै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.