काठमाडौ । सामाजिक सञ्जाल प्रयोग उपलब्धीपुर्ण काम गर्न सकिन्छ । तर सामाजिक सञ्जाल मार्फत गैर कानुनी काम पनि हुने गरेका छन् । फेसवुकमा देखेको जब भ्याकेन्सीका कारण वेरोजगार युवायुवती ठगीएको समाचार बाहिर आएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने एक व्यक्ति प’क्रा’उ परेका छन्।’
सोही पेजवाट केही युवा युवती ठगीएपछि प्रहरीले उनलाई प’क्रा’उ गरेको हो । प’क्रा’उ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन्।
खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठ’गी गरेको प्रहरीले जनाएको छ।
ठ’गी गरेर फ’रार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले प’क्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।