Categories
समाचार

रुसले नेपाललाई अढाइ करोड कोरोना भ्याक्सिन दिने, नेपाली कम्पनीसँग सम्झौतामा हस्ताक्षर

काठमाडौं। रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।

रुसको विदेश मन्त्रालयको एसियाली विभागका दोस्रो निर्देशक जमिर काबुलोभले स्पुतनिकसँग कुरा गर्दै यसको जानकारी दिएका हुन् । ‘म बताउन चाहन्छु कि क्षेत्रका अन्य देशहरु, जस्तै नेपालले रुसी भ्याक्सिनको आपूर्तिमा चासो देखाएका छन् ।

एक नेपाली फार्मास्युटिकल कम्पनीले रुसी सीधा लगानी कोषसँग एक समझदारीमा हस्ताक्षर गरेको छ । यो समझदारी अन्तर्गत हिमाली गणराज्यको लागि २५ मिलियन डोजसम्म स्पुतनिक भी आपूर्ति गर्न सकिन्छ’ काबुलोभले भने ।

सेप्टेम्बरको अन्त्यतिर रुसी सीधा लगानी कोषले नेपालले २५ मिलियन डोजसम्म स्पुतनिक भी भ्याक्सिन पाउन सक्ने बताएको थियो । यति डोजले नेपालको कूल जनसंख्याको ९० प्रतिशतले भ्याक्सिन पाउन सक्नेछन् ।

यो पनि -संसद विघटनः पौडेल समूह छिन्नभिन्न, देउवा समूह एकजुट
काठमाडौं। अकस्मातको संसद् विघटनले देशका दुई प्रमुख पार्टीलाई आपसी विवादमा धकेलिदिएको छ। सत्तारुढ दल नेकपा त विभाजनमै पुगेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस विभाजनको तहसम्म नपुगे पनि विवाद चर्केको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनलाई असंवैधानिक भने पनि चुनावमा जान तयार भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना हुनुपर्ने बताएका छन्।

र रोचक के छ भने पुनःस्थापना भन्ने पौडेलेको नीतिलाई उनकै सहयोगीहरुको साथ छैन। तर चुनावमा जाने भन्ने देउवाको विचारमा उनका समूहका सबैको एकमत छ।

पौडेल पक्षीय एक नेता भन्छन्, ‘पौडेल दाईको निकट रहेका तर, २०७४ मा चुनाव हारेकाहरु संसद् पुनःस्थापनाको विपक्षमा छन्।’ केन्द्रीय सदस्य चन्द्र भण्डारीलगायतका नेताहरु संसद् पुनःस्थापनाको विपक्षमा रहेको उनले बताए।

यसरी पौडेल समूहमै संसद् पुनःस्थापनाबारे विवाद देखिएपछि सभापति देउवा उत्साहित भएको उनी निकट एक नेताले बताए। महामन्त्री डा. शशांक कोइराला यो प्रकणमा मौन रहेपछि पौडेललाई झन सकस भएको छ भने देउवालाई सहज भएको काँग्रेस नेताहरु बताउँछन्।

केही दिन अगाडि महाराजगञ्जस्थित महामन्त्री डा. कोइरालाको निवासमा पौडेल पक्षीय नेताहरुको एक भेला भएको थियो। करिब ४ घण्टासम्म चलेको सो भेलामा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग पुग्नेगरी काम गरेको निश्कर्ष निकालिएको थियो। तर, त्यहाँ पनि संसद् पुनःस्थापनाको मुद्दाबारे ठोस सहमति नभएको जनाइएको छ।

‘प्रमुख प्रतिपक्ष दलको हैसियतमा कांग्रेसलाई चुनावमा जान कुनै आपत्ति छैन,’ देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले भने, ‘संसद विघटन विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ, सर्वोच्चले गर्ने निर्णयलाई कांग्रेसले स्वीकार गर्छ।’

सभापति देउवा पक्षीय नेताहरु चुनावी प्रचार गर्न थालिसकेका छन्। उनीहरु आफ्नो निर्वाचन क्षेत्रमा गएका छन् र चुनावमा जान खुट्टा कमाउन नहुनेमा भनेर कार्यकर्तालाई आश्वस्त पार्न थालेका छन्।

मंगलबार जनकपुर पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले संसद विघटन असंवैधानिक र निर्वाचन घोषणा संवैधानिक भन्दै चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए। तर पौडेल पक्षधरले भने संसद पर्नुस्थापनाको मागलाई नै अगाडि बढाउनुपर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published.