Categories
समाचार

आगोले जलेर आमाछोराको यस्तो भयो रुप, उपचारका लागि सहयोगको गुहार

धनगढी । आगोमा जलेर घाइते भएका कैलाली स्थित घोडाघोडी नगरपालिका–७ करैचा गाउँका आमा छोराको उपचार हुन सकेको छैन । आर्थिक अभावका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचारको लागि गुहार मागेका छन् । डेढ हप्ता अगाडि काखमा छोरा लिएर आगो ताप्ने क्रममा एक्कासी बेहोस भएर अल्पना छोरासहित आगोमा खसेकी थिइन् ।

आगोले पोलेर आमा छोरा दुवै जना घाइते छन् । अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टाउको जलेको छ । तर, परिवारको आर्थिक समस्याका कारण उपचार गराइएको छैन । आगोमा खसेर शरिरको विभिन्न भाग जलेका दुवैको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था नाजुक भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।

घरको आर्थिक अवस्था नाजुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पीडित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् । काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छटपटाइरहेको चौधरीले बताइन् ।

आर्थिक अभावका कारण घाइतेको उपचार गराउन नसकेका पीडितका परिवारले सहयोगका लागि याचना गरेका छन् । गरिबीका कारण उपचार गराउन नसकेको उल्लेख गर्दै पीडितकी सासु हुक्मीदेवी चौधरीले कतैबाट सहयोग पाए बुहारी र सानो बाबूको उपचार गराउने उल्लेख गरिन । पीडित द्वन्द्वपीडित परिवारका सदस्य हुन ।

यो पनि -कालिकोटमा बाबुले छोराछोरीलाई घरभित्र राखेर आ’गो ल’गाउँदा २ छोराको मृ,त्यु
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आ’गो ल’गाउँदा दुई छोरा ज’लेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आ’गो ल’गा’उँदा उनका दुई छो’राको ज’लेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे वि’ष से’वन ग’रेर आफू पनि ग’म्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झ’ग’डा’का कारणले बटालाले घरमा आ’गो ल’गाउँ’दा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो ।

त्यस्तै मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताउनभुयो । घटनामा सहचालक सकुशल भेटिएका थिए ।

मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.