Categories
ताजा समाचार

कङ्गोमा विस्थापित २० हजारलाई नेपाली सेनाले बनाईदियो आवास

काठमाडौ । अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनियर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेको छ । कङ्गोको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।

नेपाली सेनाको यो कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गरेका छन्। हाल इञ्जिनियर गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन् ।

यो पनि -संवैधानिक इजलासमा सपना प्रधान मल्लको धमाकादार ईन्ट्री
काठमाण्डौ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए ।

अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

Leave a Reply

Your email address will not be published.