Categories
ताजा समाचार

प्रधानमन्त्री ओलीले रोजेको जी-न्यूजले भन्यो- भारतले ‘सगरमाथा’मा आफ्नो दावा ठोक्नुपर्छ (भिडियो रिपोर्टसहित)

काठमाडौँ – भारतीय टेलिभिजन जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम माउन्ट सिकदर राखिनु पर्ने बताएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम माउन्ट सिकदर दिने अभियान थालेको हो ।मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने टिप्पणीसहितको सामग्री प्रशारण गरेको हो । प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका जी न्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथा अर्थात माउन्ट एम्भरेष्टको नाम माउन्ट सिकदर राखिनु पर्ने उल्लेख गरेका हुन् ।

मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्- त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ। भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ।

यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’

उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

उनले दर्शकहरूलाई जी-न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान गरे। सरगमाथाले भारतीयलाई राष्ट्रवादको नयाँ उचाइमा लैजाने दाबी चौधरीले गरेका छन् । भारतीयले सगरमाथाको अवलोकन गर्नु पर्ने र त्यसले राष्ट्रवादको अलग भाव आउने उनले उल्लेख गरेका छन् ।चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो । जी न्यूजमा मंगलबार राति प्रशारण भएको कार्यक्रम डिएनएमा चौधरीले भनेका छन्, ‘त्यहाँ उभिएर हामीले सगरमाथाको नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौँ ।’स्रोत -ताजाखबर बाट

Leave a Reply

Your email address will not be published.