Categories
स्वास्थ्य

हेर्दा-हेर्दै कोहि बेहोस भए के गर्ने ? थाहापाइराख्नुस् ज्यान बचाउने उपाय !

मान्छे बेहोस भएको तपाईले देख्नु भएकै होला । जहिले जहाँ पनि र जस्तो अवस्थामा पनि मान्छे बेहोस भैदिन्छ । कोही अचानक बेहोस भएमा, उनीसँगै भएका अन्य मानिस आत्तिन्छन् । तर यो अवस्थामा बेहोस भएका मान्छेलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जो बेहोस भएका मानिको नजिक भएकाले मात्रै गर्न सक्छन् । बेहोस भएका मान्छेको ज्यान बचाउने वा नबचाउने नजिकका मान्छेको हातमा हुन्छ । कुनै मान्छे तपाईको नजिक अचानक बेहोस भयो भने तपाईले गर्नु पर्ने सहयोग बारे मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले यस्तो सुझाव दिएका छन् ।

–बेहोस भएका मानिसलाई रिकभरी पोजिसनमा राख्न जरुरी हुन्छ । जसका लागि पहिला बेहोस भएको मानिसलाई देब्रे कोल्टो पारेर सुटाउनुपर्छ ।

–त्यसपछि देब्रे खुट्टालाई सीधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ । त्यस्तै, देब्रे हातलाई खुम्च्याउनुपर्छ र दाहिनेलाई चिउँडोको तल राख्नुपर्छ । यदि छारेरोगजस्तो समस्याका कारण बेहोस भएको अवस्थामा जिब्रो काटिएर फोक्सोमा रगत पुगी मानिसको मृत्युसमेत हुन सक्ने भएकाले यस्तो गर्नुपर्छ ।

–रिकभरी पोजिसनमा नराखेको खण्डमा श्वास रोकिएर मानिसको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । बेहोस भएको खण्डमा कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्नेलगायतको गतिविधि गर्नु हुँदैन ।

–धेरै मानिस ब्लडप्रेसर न्यून भएर बेहोस हुने गर्छन् । यस्तो अवस्थामा नाडी कमजोर हुने, बिरामीको अनुहारको रङ उड्दै जानेलगायतका समस्या हुन सक्छ । पहिला मानिसको खुट्टा उचालिदिनुपर्छ र सिरानी झिकिदिनुपर्छ । ताकि खुट्टातिरबाट रगत मस्तिष्कमा पुगोस् । यस्तो अवस्थामा मानिसलाई बसाउने, केही कुरा खुवाउन खोज्ने, दाँत उप्काउनेलगायतका गल्ती गर्नु हुँदैन । र, रोगी होसमा आउनेबित्तिकै नुनिलो र झोलिलो खानेकुरा खुवाउनुपर्छ ।

यो पनि -बच्चाको दिमाग तेज बनाउन चाहनुहुन्छ ? अब यसो गर्नुहोस्
बालबालिकाको शरीर तथा मस्तिष्कको विकास स्वस्थ राख्नका लागि पौष्टिक आहार युक्त खानपानमा निर्भर गर्ने गर्छ । खानामा सबै पौष्टिक तत्व छ भने शारीरिक तथा मानसिक विकास तीब्र रुपमा हुने गर्छ । सामान्य एक स्वास्थ्य व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेर सम्ममा भइसकेको हुन्छ । यस्तो अवस्थामा बच्चाको खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनिरल्स, फ्याटी एसिड युक्त सन्तुलित भोजन चाहिने हुन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ । बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाले खाने गरेको खानपानको असर समेत पेटमा भएको बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो । यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिड युक्त खानाको बढी सेवन गरेकी छिन् भने बच्चाको दिमाग एकदम तेज हुने साबित भइसकेको छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका अध्ययनका अनुसार ओमेगा ३ फ्याटी एसिड टुना, माछा तथा हरियो सागसब्जी बढी पाइने हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्न आवश्यक देखिन्छ । अझ परीक्षाका क्रममा बालबालिकालाई आफुले पढेको कुरा याद छ कि छैन भन्ने कुराले तनाव दिइरहेको हुन्छ ।

खानेकुराले नै बालबालिकाको दिमाग तेज गर्न मद्दत गर्नुका साथै मन पनि शान्त रख्दछ । काजु तथा ओखर जस्ता ड्राइ फुडहरु मा रहेको भिटामिन ‘बि १’ , फाइबर, म्याग्नेसियम फलिक एसिड र भिटामिन ‘ इ’ ले दिमागको विकास गर्न मद्दत गर्छ । स्मरणशक्ति बढ्नुका साथै शरीरलाई पनि तन्दुरुस्त राख्न मद्दत गर्छ ।

दैनिक थोरैमात्रामा ओखर खुवाउँदा बिर्सिने बानीमा सुधार आउने भएकोले ओखरलाई ब्रेन फुड भन्ने गरिन्छ । बदामले पनि दिमागलाई तेज राख्न मद्दत गर्छ । बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउने गर्नु पर्छ ।

बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ भने ९ महिना देखि माछा मासु समेत खुवाउन सकिन्छ । खानामा पालुंगो, बन्दा, माछा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड प्रसस्त मात्रामा पाइन्छ । ओमेगा ३ फ्याटी एसिडले स्मरण शक्तिलाई तेज बनाउनुका साथै मूडलाई पनि राम्रो बनाउने गर्छ ।

बच्चाको दिमागको विकासका लागि दूध र दही दिन आवश्यक हुन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाएर संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमताको वृद्धि गर्दछ । दहीमा भर पूरमात्रामा प्रोटिन, म्याग्नेशियम हुन्छ जसले मस्तिस्कलाई शितलता प्रदान गरेर स्मरण शक्तिलाई तीव्रता दिन मद्दत गर्छ ।

चिल्लोरहित दूधमा प्रसस्त मात्रामा पाइने प्रोटिन, भिटामिन डी र फस्फोरस दिमागका लागि एकदम जरुरी हुन्छ । ओलिभ आयलमा भिटामिन इ, भिटामिन के र प्रोटिनको मात्रा धेरै पाइने हुदा स्मरण शक्तिलाई बढाउनुका साथै दिमागमा हुने तनावलाई कम गर्दछ ।

ग्रीन टीमा पाइने अमिनो एसिडले पनि मस्तिस्कलाई मजबुद बनाएर दिमागलाई चिन्ता मुक्त बनाएर एकाग्रता कामय राख्न मद्दत गर्छ । त्यस्तै, डार्क चक्लेटले पनि ध्यानलाई एकाग्रता राख्न सहयोग गर्नुका साथै यसमा पाइने विभिन्न तत्त्वले तनाव कम गरेर नराम्रो मुडलाई परिवर्तन गरेर राम्रो बनाउन मद्दत गर्दछ । एजेन्सी

Leave a Reply

Your email address will not be published.