Categories
स्वास्थ्य

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन ।जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् ।

यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ ।

यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ ।पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ। यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।

पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

यो पनि -नायिका जान्हवी कपूरद्वारा महँगो घर खरिद
मुम्बई । बलिउड नायिका आलिया भट्टदेखि रणवीर कपूरले नयाँ घर किनेका छन् । महँगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपूरको नाम पनि थपिएको छ ।

नायिका जान्हवी कपूरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् । जान्हवीले डिसेम्बर ७ मा घर खरिदको संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जान्हवीले हालसम्म २ वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन् । उनले अभिनय गरेको ‘धडक र गुञ्जन सक्सेना’ले उनलाई राम्रै चर्चा दिएका थिए । उनको ‘दोस्ताना २, रोही अफ्जना, तख्त, हेलेन’ लगायत छन् ।

बलिउडमा पछिल्लो समय परिवारसँग बस्दै आएका कलाकारहरुले एक्लो जीवन जिउने उद्देश्यले नयाँ घर किनिरहेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published.