काठमाडौं, ९ साउन । सौतेनी आमाको कुटाई त्यी दुईले दैनिक रुपमै खाईरहन्थे । कसैलाई भने अझ पिट्ने आमाले धम्की दिन्थिन् । गत असार ६ गते शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन् ।
सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए । सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट देखिए । त्यसपछि यो घटना बाहिर आएको थियो ।

त्यसपछि घरकै सानी आमाले पिटेको रहस्य खुले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार भएको थियो । सिर्जना दुई बर्षकी हुँदा उनकी आमाले दोस्रो विहे गरेर गएपछि जीतबहादुरले डिलमाया संग दोस्रो बिहे गरेका थिए ।
जीत बहादुर अहिले रोजगारीका लागि दुवईमा छन् । प्रहरीले पक्राउ गरेपछि फुपु दिदिको रहेका दुई बालकालिका आमा अदालतबाट छुटेर आएपछि पनि घर गएका छैन् । “आमा आएको थाहा पाएपनि उनीहरु घरमा गएका छैन्” त्यी बालबालिकाकी फुपु दिदि बसन्ती थापाले भनिन्
https://youtu.be/kXV_WFm14nM
यो पनि हेर्नुहोस
बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष सम्म आमा छोरी
(भिडियो सहित )
सानी गुरुङ बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष भयो । यो तीस बर्षको अबधी सम्म उनले दुई छोरा र दुई छोरीलाई त्यही खोरमै जन्म दिईन् ।
अझै उनको साथमा चार बर्षकी छोरी छन् । छोराले बिहे गरीसके नाती नातीना पनि भए तर यो बुढेसकालमा अझै पनि उनले बाख्राको साथ छोडेकी छैनन् । बाख्रासंगै खोरभित्र सुत्छिन्, खान्छिन् ।
चार बर्षकी छोरीको साथ उनी अझै पनि २० वटा बाख्राको साहारा बनेकी छन् । वरिपरी जंगल छ, कुनै पनि घर छैनन्, गोठ छैनन् । बिजुली बत्ति र पानीको समेत सुबिधा छैन । अनकन्टार ठाउंमा उनले यस्तो जिवन बिताउन थालेको दशकौं भईसक्यो ।
गोरखा जिल्लाको दुर्गम गाउं मध्ये एक गाउं काशी गाउं हो । कासी गाउं जाने बाटोमा सानी गुरुङको बाख्राको गोठ छ । उनको गोठ बाहेक अरु कुनै घर वा गोठ वरिपरि छैनन् ।
पुर्याउन