Categories
राजनीतिक

ओलीको नीति हिन्दुबादीः डा. बाबुराम भट्टराई

काठमाडौ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सबैभनदा राष्ट्रघाती भएको आरोप लगाएका छन् । उनले ओलीको गतिविधिले राष्ट्रलाई गम्भीर संकटमा धकेलेको समेत टिप्पणी गरे ।

‘सबैभन्दा राष्ट्रघाती मान्छे हुन् ओली,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आज राजधानीमा आयोजित संविधानभा सदस्य मञ्चद्वारा आयोजित अन्र्तक्रियामा भने,‘यीनीबाट देशलाई बचाउनुपर्छ ।’ उनले ओलीलाई हिन्दुबादी भने ।

ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको बाबुरामको टिप्पणी थियो । उनले ओलीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए । ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको बताए ।

उनले भने,‘ओलीले सबै प्रतिशोधस्वरुप गरिरहेका छन् ।’’ कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, सभासदहरु खिमलाल देवकोटा, कल्पना धमला र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समेत बोलेका थिए ।

यो पनि -एकै परिवारका ५ जनाको मृत्यु, बिमान उड्नु अगाडी खिचेको तस्बिरले संसार रुवायो
इण्डोनेशियामा श्रीविजय एयरको विमान दुर्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद नियतिको खुलासा गरेको छ ।

उनीहरुलाई नियतिले तानेर मृत्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएपछि उनीहरुको दुखद नियतिको खुलासा भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए । इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे ।

डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए ।‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं इरफान्स्याहले संवाददाताहरुसँग भने ।

उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए ।

‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो इरफान्स्याहले भने ।

Leave a Reply

Your email address will not be published.