Categories
समाचार

पृथ्वीको अन्तिम सडक जहाँ एक्लै यात्रा गर्न पाईंदैन

एजेन्सी । नर्वेको अन्तिम भाग पृथ्वीको उत्तरी ध्रुवसंग जोडिएको छ । त्यहाँबाट अगाडी जाने सडकलाई पृथ्वीको अन्तिम सडक पनि भनिन्छ । यो सडकको नाम ‘ई सिक्स्टीनाइन’ हो । यो सडकले पृथ्वीको उत्तरी ध्रुव र नर्वेलाई जोड्छ । १४ किलोमिटर लामो सडकपछि त्यहाँ अरु कुनै सडक छैन । केवल हिउँ र समुन्द्र मात्रै छ ।

‘ई सिक्स्टीनाइन’ सडकमा एक्लै पैदल हिंड्न र गाडी चलाउन निषेध गरिएको छ । जताततै हिउँ भएकाले हराउने सम्भावनाका कारण एक्लै हिंड्न निषेध गरिएको हो । समुहमा मात्रै त्यहाँ जान पाइन्छ । उत्तरी ध्रुवसंग जोडिएका कारण अन्तिम सडक ई सिक्स्टी नाइनमा जाडोको मौसममा रात सकिंदैन भने गर्मी मौसममा सूर्य अस्ताउँदैन ।

कहिले काँही यहाँ ६ महिनासम्म पनि सूर्य अस्ताउँदैन । जाडो मौसममा यहाँको तापक्रम माइनस ४३ डिग्रीदेखि माइनस २६ डिग्री सेल्सियसको बीचमा रहन्छ । गर्मी मौसममा यहाँको तापक्रम शुन्य डिग्री सेल्सियसको आसपास पुग्छ । तापक्रम अत्यन्तै चिसो भएपनि यहाँ मानिसहरु बस्छन । शुरुवाती समयमा यहाँ माछाको कारोबार मात्रै हुन्थ्यो । तर सन १९३० देखि यो स्थानको विकास हुन शुरु भयो । त्यसको ४ बर्षपछि अर्थात सन १९३४ मा त्यहाँका बासिन्दाहरुले पर्यटन ब्यवसाय शुरु गरे ।

माछापछि शुरु गरिएको पर्यटन ब्यवसायले पृथ्वीको अन्तिम सडक ई सिक्स्टीनाइनका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्यो । त्यहाँ विश्वभरका मानिसहरु घुम्न जान्छन । त्यहाँ घुम्न जाने पर्यटकहरुले छुट्टै संसारमा आएको महसुस गर्छन । त्यहाँ सूर्यास्त र ध्रुबीय प्रकाश हेरेर पर्यटकहरु रमाउँछन । निलो आकासमा कहिले हरियो त कहिले गुलाबी रंगका प्रकास देख्न पाइने फ्लाइङ् पेपरले जनाएको छ ।

यो पनि -कंगोमा सैनिक अधिकृतहरुबाट कु’टाई खा’ने सैनिकको यसकारण जागिर गयो
काठमाडौ । केही समय अघि नेपाली सेनाबाट कंगो गएका सैनिक जवानहरुलाई अधिकृतहरुले कु टे को समाचार सार्वजनिक भएको थियो । अहिले ती सैनिक जवानकै जागिर गएको समाचार आएको छ ।

घटनाको छानविन पछि ती सैनिक जवानमाथि का’रबाही भएको हो । अधिकृतबाट कु’ टि ए का सैनिक जवानको जागिर गएको हो । अधिकृतहरुको भने एक वर्षका लागि बढुवा रोक्का मात्र भएको छ ।

सैनिक जवान नवराज माझीमाथि कु ट पी ट भएको थियो । माझीले घटनाबारे सैनिक निकायभित्र उजुरी गर्नुपर्नेमा सामाजिक सञ्जालमा तस्वीर राखेकाले कारबाही भएको बताइएको छ ।

उनले गणपति वा सैनिक मुख्यालय, शान्ति सेना निर्देशनालय वा सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था सेनामा रहेको थियो । तर ती सैनिक जवानले भने सामाजिक सञ्जालमा तस्वीर राखेका कारण उनको जागिर गएको हो । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी ब र्खा स्त गर्दै ६ महिनाको कै द सजाय समेत तोकिएको छ ।

८ असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सह सेनानी इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई यस्तो गरेका थिए ।

घटना विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । घटनामा संलग्नहरुबारे छानविन गर्न कोर्ट अफ इन्वायरी गठन भएको थियो । कंगोबाट घटनामा संलग्नहरुलाई झिकाइएको थियो ।

Leave a Reply

Your email address will not be published.