Categories
राजनीतिक

आफ्नै गृहजिल्लाबाट लखेटिइन् प्रचण्डकी बुहारी बिना मगर, दिल्लीबाट फर्किएका प्रचण्ड तनावमा!

कञ्चनपुर । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै निर्वाचनमा युवा तथा महिलाहरुले लेखेटेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहँदा प्रचण्डकी बुहारी लखेटिएकी हुन् ।

युवा तथा महिलाहरुले कार्यक्रम गर्न आएकी बिना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गर्दै बिना मगर मुर्दावाद नारा लगाउँदै नाराबाजी गरी त्यहाँबाट फर्काएका थिए ।

बिना मगरको क्षेत्रमा ओली समूहका प्रभावशाली नेता पल्लवराज भट्टले कमाण्ड गरिरहेका छन् ।आफ्नै निर्वाचन क्षेत्रमा आफूविरुद्ध नारा लाग्ने र लखेटिने अवस्था आएपछि हालै भारतबाट फर्किएका प्रचण्ड तनावमा परेका छन् ।स्रोत -nagarikabhiyan.com

यो पनि-सुवास नेम्वाङले संविधानबारे बोलेको भिडियोले केपी ओली समस्यामा, अदालतमा प्रमाणका रुपमा पेश हुनसक्ने (भिडियो हेर्नुहोस्)

तत्कालीन संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङदे पाँच बर्ष अघि बोलेको एक भिडियोले अहिले पार्टीलाई समस्या भएको छ । नेम्वाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्थै नभएको उक्त भिडियोमा बताएका छन् ।

२०७६ साउन ३ गते धुलिखेलमा भएको एक कार्यक्रममा नेम्वाङले अहिलेको संविधानबारे व्याख्या गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताएका थिए । अहिले त्यो भिडियो अदालतमा प्रमाणका रुपमा पेश हुनसक्ने संविधानविद्हरुले बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई रिस उठ्यो भन्दैमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्ने अभिब्यक्ति दिएका थिए । त्यस्तो विशेष अधिकार संविधानबाट हटाएको बताएका थिए । तर तिनै नेम्बाङ अहिले ओली समुहमा रहेर प्रधानमन्त्रीको कदमको समर्थन गरिरहेका छन् ।

भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’

Leave a Reply

Your email address will not be published.