Categories
राजनीतिक

सुवास नेम्वाङले संविधानबारे बोलेको भिडियोले केपी ओली समस्यामा, अदालतमा प्रमाणका रुपमा पेश हुनसक्ने (भिडियो हेर्नुहोस्)

तत्कालीन संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङदे पाँच बर्ष अघि बोलेको एक भिडियोले अहिले पार्टीलाई समस्या भएको छ । नेम्वाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्थै नभएको उक्त भिडियोमा बताएका छन् ।

२०७६ साउन ३ गते धुलिखेलमा भएको एक कार्यक्रममा नेम्वाङले अहिलेको संविधानबारे व्याख्या गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताएका थिए । अहिले त्यो भिडियो अदालतमा प्रमाणका रुपमा पेश हुनसक्ने संविधानविद्हरुले बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई रिस उठ्यो भन्दैमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्ने अभिब्यक्ति दिएका थिए । त्यस्तो विशेष अधिकार संविधानबाट हटाएको बताएका थिए । तर तिनै नेम्बाङ अहिले ओली समुहमा रहेर प्रधानमन्त्रीको कदमको समर्थन गरिरहेका छन् ।

भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’

Leave a Reply

Your email address will not be published.