काठमाडौ । पुष १९ गते विवाह गरेका एक जोडीलाई युवतीको माइतीले छुटाइदिएपछि चितवनमा फेरी नसोचेको घटना भएको छ । युवतीका माइतीले अन्तै विवाह गर्न लागेपछि युवती आफ्ना प्रेमीको घरमा आएकी थिइन् । उनीहरुले पुष १९ गते युवकको आमाकै अगाडी विवाह गरेका थिए।
१७ वर्षकी युवती र २१ वर्षका युवकबीच प्रेम विवाह भएको थियो । तर अहिले युवतीले आफ्नो वयान परिवर्तन गरेकी छन् । उनले युवक आफुप्रति एक तर्फी प्रेममा रहेको र आफुले प्रेम नगरेको बताएकी छन् । उनले युवकले आफुलाई विवाह गर्न दवाव दिएको दावी गरेकी छन् ।
आफुले मन पराएर विवाह गरेकी युवतीलाई माइतीले झुक्याएर लगे पछि ति युवकले वि’ष से’व’न गरे पछि अहिले यो घटनामा नयाँ मोड आएको छ । युवतीले आफुले युवकलाई माया नगरेको बताएको बेलामा अहिले युवती र युवकबीचको म्यासेन्जरमा भएको कुराकानी सार्वजनिक भएको छ । ।
विवाह गरेको तस्बिर युवा युवतीले फेसवुकमा राखेपछि युवतीका माइतीले हामी तिमीहरुलाई छुटाउँदैनौं घर आउ टिका लगाइदिन्छौं भनेर बोलाएर युवकको त्यस्तो अवस्था बनाएको आमाको भनाई छ । छोराले पछि आफुलाई रुँदै फोन गरेर आफु माथि युवतीका माइतीले या त ना दिएको सुनाएका थिए ।