Categories
ताजा समाचार

कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आग*लागी

मुम्बइ। कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आगो लागेको छ । यो बिल्डिङमा कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति भने नभएको बताइएको छ ।

मिड डेको रिपोर्टअनुसार आगो किचनबाट सुरु भएको थियो ।स्थानीयले अग्नी नियन्त्रकलाई आगो लागेको सूचना दिएपछि आएका अग्नी नियन्त्रकले आधा घण्टामा आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ
उत्तर प्रदेशको सोनभद्र जाँदै गरेकी भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी शुक्रबार पक्राउ परेकी छन् । गान्धी हालै १० जनाको हत्या भएको सोनभद्रमा घाइतेहरुको अवस्था बुझ्न जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय प्रशासनले गान्धीको यात्रामा रोक लगाएपछि रोकिएकै स्थलमा उनी धर्नामा बसेकी थिइन । सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । तर, मुख्यमन्त्री योगी आदित्यनाथले कांग्रसे विवाद उत्पन्न गरेर सरकारलाई जिम्मेवार देखाएको आरोप लगाएका छन् ।

उनले कांग्रेसको शासन कालमा वाराणसीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको आरोप लगाएका छन् । मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छनाबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.