Categories
ताजा समाचार

बालाजु काण्ड प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डि*एर ज्या*न लिएको,अहिले आमा अचे*त अवस्थामा

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर ज्यान लिएको समाचार बाहिर आएको छ।त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएको भेटिएको थियो।

तर उनले आफैले ज्यान नगुमाएर नभएर प्रेमीले खेल खेलेको परिवारको आरोप छ।लामो समय देखि प्रेमी संग नजिक रहेकी जेनीलाइ प्रेमीलेनै हत्या गरेको उनकि आमाको भनाइ छ।

अहिले आमा अचेत अवस्थामा छिन। जन्म दिनको दिनमा यस्तो कुकर्म गरेको भन्दै उनकि आमाले हत्यारालाई सजाय दिनु पर्ने बताएकाछन।

यो पनि हेर्नुहोस 

पहिलोपटकपाइपलाइबाट परीक्षणको काम शुक्रवार सम्पन्न 

सिमरा, ३ साउन । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण शुक्रवार सम्पन्न भएको छ । योजनाको पहिलो परीक्षण शुक्रबार बिहान ६ बजे सम्पनन भएको जनाइएको छ । बुधवारवाट सुरु भएको पाइपलाइनको परीक्षणको काम शुक्रवार सम्पन्न भएको हो ।

भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा डिजेल पठाएको पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए ।

भारतीय लगानीमा बनेको मोतिहारीअमलेखगन्ज क्रसबोर्डर पाइपलाइनबाट पहिलो पटक नेपालमा पेट्रोलियम पद्धार्थ आएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल पठाउनु अघि आइओसीले दुईदिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गर्नुका साथै चुहावट भएनभएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा कतै चुहावट नभएपछि डिजेल पठाएर पाइपलाइन पहिलोपटक संचालनमा ल्याइएको परियोजनाले जनाएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ पक्रियागत रुपमा भित्रिन भने केही समय लाग्ने छ । यो परीक्षण सफल भएसँगै तोकिएको समयभन्दा झन्डै आधा समय अगावै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ ।

यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.