Categories
प्रवासी

यूएईमा माहिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने

काठमाण्डौ – अब यूएईमा कार्यरत नेपालीसहित अरु विदेशी कामदारले कमाइको आधारमा परिवारलाई पनि आफूसँग राख्न पाउने भएका छन् । माहिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम लागू भएको हो ।

कम्पनीले बसोबास निशुल्क उपलब्ध गराएकाको हकमा भने मासिक तीन हजार दिर्हाम आम्दानी हुनेले पनि परिवार लैजान पाउनेछन् । यसअघि यूएईमा परिवार राख्नका लागि मासिक कमाइसँगै पद पनि हेर्ने गरिन्थ्यो ।

तर अब पदका कारण कुनै पनि विदेशी नागरिकलाई परिवारसँग बिछोड नगर्ने नीति यूएईले बनाएको छ । श्रीमान्/श्रीमती र १८ वषभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउनेछन् ।

यसले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

यस्तै यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति लिएको छ ।

यो पनि हेर्नुहोस 

नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा आपत्ति ,कारबाही गर्न कांग्रेसको माग

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा आपत्ति जनाएको छ ।

सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा रहेको बुद्धको मूर्ति बुधबार राति तोडफोड भएको थियो । कसले तोडफोड गर्‍यो भन्ने खुलेको छैन । प्रहरीले अनसन्धान थालेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्तिलाई तोडफोडको भत्र्सना गरेका हुन् । ‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ उनले भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’

कांग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.