बिभिन्न सामाजिक कामहरु सफल पार्दै सबैको मन जित्दै गरिब दुखीको हिरोको सँज्ञाा पाएका शिशिर भण्डारी कलाकार पनि हुन्, उनलाई सामाजिक कार्यमा लागेपछि धेरैलाई यो कुरा थाहा नहुन सक्छ ।
चर्चित १८ नेपाली चलचित्रहरुमा उनले अभिनय गरिसकेका छन् । नाई नभन्नु ल ४, होस्टेल, राधे, बिर्खेलाई चिन्छस, समर लभ, लभ सब लगायतका नामहरु उनले अभिनय गरेका चर्चित चलचित्रहरु मध्ये हुन् ।
युटुबका माध्यमबाट समाजसेवा गर्दै सबैको मनको ढुकढुकी बनेका शिशिर भण्डारी पछिल्लो समय कतारको जेलमा रहेका बिनोद रानाभाटको सहयोग जुटाउन लागि परेका छन् ।
अघिल्लो समय कृष्ण वलि, जनक गन्धर्व, राकेश योगी, शिशिर खड्का, मेघा घिमिरे, हरिकाजी ढुँगाना, बेद्धिमान कुवँर लगायत थुप्रैको जीवन परिवर्तन गरिसकेका शिशिरले अन्य अभियन्ताहरुको साथमा यो अभियान सफल बनाईरहेका छन् ।
शिशिरकै युटुब नयाँ नयाँ न्युज नेपालबाट भिडियो आएपछि ३० महिनादेखि गुमनाम बनेको यो बिषय चर्चित बन्दै केहि हप्तैमा बिनोद रानाभाट सहयोग अभियानको खातामा आधा पैसा अर्थात ४२ लाख भन्दा माथिको सहयोग जम्मा भैसकेको छ । कतारको जेलबाट निकाल्न बिनोदले ८२ लाख तिर्नुपर्ने थियो ।
शिशिरसँगै यो अभियानमा अर्जन भुसाल, ज्वाला सँग्रौला, एचबि ताम्राकार लगायत देश तथा बिदेशबाट अन्य अभियन्ताहरुको पनि महत्वपुर्ण साथ रहेको छ । भिडियो हेर्नुस