Categories
ताजा समाचार

लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ,बच्चा चोर्ने ४५ वर्षकी पाण्डे नियन्त्रणमा

पाल्पा — लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ । बच्चा सकुशल छ ।

अस्पतालबाट शिशु खोजी कार्यमा मिर्मिका स्थानीय र सञ्चारकर्मी जगदीश भटराई लगायतले प्रहरी प्रशासनलाई सघाएका हुन् । टोलीले स्थानीय र कालीगण्डकी ड्याम साइटका कर्मचारीहरुको सहयोग लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा सम्पर्क गरी बच्चा राखेको ठाउँमा बच्चा र बच्चा चोर्ने ४५ वर्षकी विमकला पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ ।

सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार बिहान ११ बजे लुम्बिनी मेडिकल कलेज प्रवासमा छोरालाई जन्म दिएकी थिईन् । सुत्केरी रानासँगै उनकी आमा र श्रीमान् समेत साथमा रहेका थिए ।

सुत्केरी जमुना अर्धचेत अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् । उनीसँगै एकजना अपरिचित महिला पनि सँगै गइन् ।

सँगै गएकी ती अपरिचित महिलाले सघाउन भन्दै शिशु समातेको र आफूले ज्वानोको झोल लिएर छोरी समक्ष पुग्दा ती महिला नआएको सुत्केरी जमुनाकी आमाले बताइन् ।

लामो समय सम्म पनि शिशु लिएर नआएपछि खोजी गरिएको सुत्केरीकी आमाले बताईन् । सुत्केरी जमुना, श्रीमान र आमा सीधा स्वाभावका कारण चार दिनदेखि बच्चाको खोजीमा अस्पताल आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाईदा उठाउदै बच्चा चोरेकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published.