महेन्द्रनगर २७ असार– कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख ढलेको छ ।
शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख ढलेको हो ।र बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेको बताइएको छ ।
स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।
त्यसैगरी काठमाडौंको किर्तीपुरमा पनि रुख ढलेको छ । किर्तपुर स्थित त्रिभुवन विश्वविद्यालय हातामा पनि रुख ढलेको हो । रुख ढल्दा त्रिवीका कर्मचारीको मोटरसाइकल किचेको छ । रुख ढलेपनि मानविय क्षती भने भएको छैन । पानीको निरन्तर बर्षका कारण त्रिभुवन विश्वविद्यालय समाजशास्त्र डिपार्टमेन्ट अगाडी रुख ढलेको छ ।
यो पनि हेर्नुहोस
मन्त्री लालबाबु पण्डितमाथी दुव्र्यवहार
काठमाडौ, २७ असार–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि सार्वजनिक कार्यकक्रममा दुव्र्यवहार भएको छ ।
शुक्रवार ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनजातीको एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठकमा अध्यक्षता गर्न बोलाइएका मन्त्री पण्डित विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए भने लोकसेवाको विज्ञापन खारेजीको माग गरेका थिए ।
वैठक स्थलमा होहल्ला बढेपछि मन्त्रीको सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट बाहिर निकालेका थिए ।