Categories
ताजा समाचार

नायिका शिल्पा पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी (भिडियो सहित)

काठमाडौं, २६ असार । निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल उनीबिरुद्ध उजुरी दिन प्रहरी समक्ष पुगेकी छिन् । आफ्नो ज्यू-ज्यानको सुरक्षा गराई पाउँ भन्दै प्रहरी समक्ष पुगेकी छिन् । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार श्रीमानबाट असुरक्षित भएको भन्दै नाायिका पोखरेलले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी हुन् ।

उनले पोखरेलको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी गराए । नायिका रेखा थापासँग पारपाचुके गरेर बसेका निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए ।

लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए । शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फत फिल्मी क्षेत्रमा छविले नै डेब्यू गराएका थिए । त्यसपछि छविकै ब्ब्यानरमा शिल्पाले‘ हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । आज महानगरीय प्रहरी परिसर टेकुमा छलफलको क्रममा के भयो? हेर्नुहोस् भिडियोः

यो पनि हेर्नुहोस 

यो पनि हेर्नुहोस्ः चाबहिल–गोकर्ण सडक खण्डका स्थानीयको आक्रोश– प्रधानमन्त्रीलाई ल्याइदिनुस्, पौडी खेलाएर पठाउँछौं (भिडियो सहित) – राजधानीको चाबहिल–गोकर्ण सडक खण्डमा ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र रोपाइँ गर्न मिल्ने जस्तो हिलो जमेको छ यतिबेला ।

यस क्षेत्रका बासिन्दालाई घाम लाग्दा धूलोधूवाँ अनि पानी पर्दा हिँड्नै मुस्किल पर्ने हिलोले सास्ती निम्त्याएको वर्षौं भइसक्यो । मनसुन शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्ने गरेको छ । स्थानीय मात्र होइन सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् ।

प्रदेश सांसद कृष्ण राई यही बाटोबाट दैनिक यात्रा गर्छन् । उनले समेत सडकको स्तरोन्नतिमा कुनै योगदान नगरेको स्थानीयको आरोप छ । प्रदेश सांसद राई र मेयर (सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका) बीचको जुँगाको लडाईंका कारण सडक स्तारोन्नतिले गति लिन नसकेको स्थानीय वासुदेव खनाल बताउँछन् ।

‘उनीहरूका चिल्लो गाडीमा धूलो छिर्दैन भनेर हो ?’ अर्का एक स्थानीयले आक्रोश पोखे । उक्त क्षेत्रका स्थानीयले पोखेको आक्रोश भिडियोमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published.