Categories
राशिफल

हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो, यी हुन् ३ राशी हरेक क्षेत्रमा हुन्छ उनीहरुकै राज

हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो । हिन्दु धर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको सफलता भाग्यसँग मात्रै जोडिएको नभएर दृढ संकल्प, अत्मविशवाससँग पनि जोडिने गर्छ।

जन्म कुण्डलीमा वृहस्पति , मंगल र शनि शुभ स्थितीमा हुने व्यक्तिलाई कहिले पनि जीत मात्रै प्राप्त हुने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । हेरौँ कुन कुन हुन त ती राशीहरु ।

मेष : मेष राशी हुने व्यक्तिहरु अद्भूत क्षमताको धनि हुने गर्छन् । तेज दिमाग भएको आत्माविश्वासमा पनि अन्य राशी भन्दा अगाडी रहेका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा रहेकाले ती व्यक्तिहरुले धेरै क्षेत्रबाट सफलता प्राप्त गर्ने गर्छन् । उनीहरु हदै सम्मको दुख गर्न पनि पछि हट्दैनन् । त्यसकारण हरेक क्षेत्रमा उनीहरुको जीत हुन्छ ।

धनु : धनु राशीलाई क्रान्तिकारी राशी पनि भनिन्छ । यो राशी भएका व्यक्तिहरु जीवनमा छुट्टै किसिमको अनुशासन अपनाउने गर्छन् । उनीहरुमा बल मात्रै नभएर एकीकृत गर्नमा पनि खप्पिस हुने गर्छन् । उनीहरु आफुमा आएको हरेक दुखलाई चिर्दै जीत हाँसिल गर्नमा अग्रसर रहेका हुन्छन् ।

मकर : मकर राही भएका व्यक्तिहरु हरेक प्रकारको प्रतिष्ठित सम्मान, धन वैभव मिल्ने गर्छ । हरेक सफलता आफ्नै प्रयासमा हात पर्न सक्ने प्रभावशाली हुन्छन् । अन्य व्यक्तिलाई छिट्टै प्रभाव पार्न सक्ने क्षमता भएका यी व्यक्तिहरु सफलता पाउनको लागि जस्तोसुकै दुख र कष्ट गर्न पनि तयार हुन्छन् ।

यो पनि पढ्नुस

गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ 

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ । जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् । जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् । जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् । हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् । हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन् ।

Leave a Reply

Your email address will not be published.