Categories
ताजा समाचार

काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न,स्थानीयबासीद्वारा प्रहरी चौकी घेराउ

२३ असार, काभ्रे । काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी उपरीक्षक (एसपी) सापकोटाले अनलाइनखबरसँग भने, ‘शंकित व्यक्ति भएको आशंकामा पक्राउ हौं ।’

अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताए ।

त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।

यो पनि हेर्नुहोस 

भुलिदिनुस, छोडीदिनुस, काबुमा राख्नुस यी कुराहरु

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा १.९ मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट के सिक्न सकिन्छ ?

* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।

* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।
काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुस – खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस – कसैको घर जादा आँखालाई ।

काबुमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।
भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस – अर्काको गल्तिलाई ।
भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस – अरुलाई तल देखाउन ।
छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस – अरुको सफलतामा दुखी हुन”
कतै तपाइको मन छोय सेयर गर्नुहो

Leave a Reply

Your email address will not be published.