Categories
मनोरंजन

पत्रकारले ज्योतिको क्रेज घटेको हो ? भनेर सोधेको प्रश्नमा गायिका मगर र पत्रकारबीच चर्काचर्की (भिडियो सहित)

काठमाडौं । गायिका ज्योति मगरले आफू गुमनाम नभएर दर्शकहरुको मन मुटुमै बस्न सफल भैरहेको बताएकी छिन् । सुत्र टिभिसँगको कुराकानीका क्रममा गायिका मगरले आफ्नो क्रेज अझैं नघटेको दावी समेत गरिन् । अन्तरवार्ताका क्रममा पत्रकारले ज्योतिको क्रेज घटेको हो ? भनेर सोधेको प्रश्नमा गायिका मगर र पत्रकारबीच चर्काचर्की नै परेको थियो ।

अहिले पनि गीत संगीत र भिडियोहरुमा आफू उतिकै व्यस्त रहेको भन्दै आफ्नो क्रेज नघटेको दावी समेत गरिन् । उनले ज्योति मगरले समाजमा विकृति ल्याएको आरोप छ नि भनेर पत्रकारले प्रश्न सोधेपछि उक्त कुरालाई ठाडै अस्वीकार गरिन् । उनले उल्टो प्रश्न गरिन, ‘तपाईको लगाएको पहिरन ठिक छ भन्ने ग्यारेन्टी के ? मैले कस्तो पहिरन लगाउनुपर्छ भन्ने मापदण्ड बनाउने कसले ?

गायिका मगरले आफ्नै क्षेत्रका साथीहरुले आफूप्रति डाह गरेको आरोप समेत लगाइन् । उनले कुनै दिन राजनीतिमा आउन सक्ने समेत संकेत गरिन् । हेर्नुस भिडियो कुराकानी :

यो पनि हेर्नुहोस 

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको

२० असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।

भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस
तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो ।

नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।

Leave a Reply

Your email address will not be published.