असार १९ एजेन्सी। शाहिद कपुर अभिनित चलचित्र कविर सिंह रिलिजको पहिलो दिन बाट नै दमदार कमाई गर्न सफल भईरहेको छ।यसैबीच नायक साहिद कपुर र किआरा अडवानी अभिनित चलचित्र ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा २ सय करोड क्लबमा प्रवेश गरेको छ ।
दोश्रो हप्ताको बुधबार ७.५३ करोड कमाई गर्दै चलचित्रले २ सय करोडको आँकडा पार गरेको हो । ५ दिनमा सय करोड, ९ दिनमा डेढ सय करोड, १० दिनमा १७५ करोड कमाएको चलचित्रले रिलिजको १३ औं दिनमा २ सय करोड पार गरेको छ । चलचित्रले दोश्रो हप्ताको बुधबारसम्म २०६.४८ करोड कमाई गरेको छ ।
यो बर्ष रिलिज भएका चलचित्रमध्ये सबैभन्दा चाडो २ सय करोड कमाउने चलचित्र ‘कबिर सिंह’ बनेको छ । यसअघि २ सय करोडको आँकडा पार गर्न सलमान खान अभिनित चलचित्र ‘भारत’ लाई १४ दिन र ‘उरी’ लाई २८ दिन लागेको थियो ।
साहिद कपुरको अभिनयले दर्शकलाई खुशी तुल्याएको समयमा यो चलचित्र ब्ल्कबस्टर भएसँगै साहिदको स्टारडम पनि चम्किएको छ ।
कबीर सिंहु तेलेगु फिल्म अर्जुन रेड्डीुको आधिकारिक हिन्दी रिमेक हो। फिल्ममा शाहिद कपुर र कियारा अडवाणी प्रमुख भूमिकामा छन् भने निर्देशक सन्दीप वांगा हुन्।