Categories
ताजा समाचार

महावीर पुन-आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले यस्ता महत्वपूर्ण काम गर्न सकिने,यस्ताे छ उहाँकाे फेसबुक स्टाटस

काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भारतीय चलचित्रसँग सम्बन्धित आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले अरु महत्वपूर्ण काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आइफाका लागि काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डले दिने भनेको कम्तीमा ४४ करोड रुपैयाँबाट धेरै महत्वपूर्ण काम गर्न सकिने भन्दै पुनले केही विकल्प पनि दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यो रकमबाट बाग्मती र विष्णुमतीमा मिसिने ढलहरुलाई नदीमा मिसिनुभन्दा पहिल्यै प्रशोधन गरेर खाना पकाउने ग्यास निकाल्ने र नदीमा सफा पानी छोड्ने दुईओटा प्लाण्टकाे व्यवस्था गर्न सकिने सुझाव दिनुभएकाे छ ।

पुनले महानगरपालिका भित्रबाट संकलन हुने फोहरमैलालाई प्रशोधन गर्ने र त्यसबाट बिजुली पनि निकाल्ने एउटा ठूलो प्लाण्ट राख्न सकिने बताउनुभएको छ ।

यस्तै काठमाण्डौमा भित्रिने सम्पूर्ण फलफूल तथा तरकारीलाई प्रशोधन गरेर विषादीमुक्त गराउने एउटा ठूलो प्लान्ट राख्न, प्रतिभाशाली र सिर्जनशील नेपालीलाई उद्यमी बनाउन एउटा ठूलो अनुसन्धान केन्द्र खोलेर उनीहरुलाई देश विकासमा लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

यस्ताे छ उहाँकाे फेसबुक स्टाटस–

Leave a Reply

Your email address will not be published.