काठमाडौँ:निशा देसारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘आमा’ बोलको गीतमा केशव राज राजभण्डारीको शब्द, संदेश श्रेष्टको संगीत रहेको छ भने गीतको संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन्।
रायन कार्कीले निर्देशन गरेको भिडियोमा आमाको संघर्षको कथा व्यथालाई चित्रण गरिएको छ । भिडियोमा रश्मी भट्ट, संज्ञा श्रेष्ठ, उपेन्द्र कार्की, सम्राट खड्का, रजिना कार्की, सुजिना कार्की र लाक्पा देखिएका छन्। मिलन शंकरको छायांकन रहेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका हुन।
यो पनि हेर्नुहोस
लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु
१८ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ ।
राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।
बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।
‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।
अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।
बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् ।
निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनकाे चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।