Categories
ताजा समाचार

नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर ह*त्या (भिडियो रिपोर्ट हेर्नुहोस )

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर ह*त्या गरिएको छ ।

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रे*टेर ह*त्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो ।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको ह*त्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर ह*त्या गरेको देखिन्छ भन्नुभयो ।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो ।

कोठाभित्रै गएर ह*त्या भएको जानकारी दिँदै उहाँले ह*त्यामा संलग्नको खोजी भइरहेकोे बताउनुभयो । भिडियो रिपोर्ट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.