Categories
ताजा समाचार

ब्राह्मण समुदायमा जन्मिएका सञ्जय बन्जराले मुश्लिम युवतीसंग बिहे गरे (भिडियो सहित)

काठमाडौं, १४ असार । बिराटनगरमा ब्राह्मण समुदायमा जन्मिएका सञ्जय बन्जराले मुश्लिम युवतीसंग बिहे गरेका छन् ।

हिन्दु धर्मावलम्बीको घरमा जन्म भएर पालनपोषण, पढाई लेखाई सबै हिन्दु धर्ममै भयो । पछि भबिष्य खोज्दै उनि काठमाडौं आए र ठमेलमा ब्यबसाय गरेर बसे ।

त्यही क्रममा नुवाकोटको त्रिशुलीमा हुर्किएकी मेहरिन बानुलाई भेटे । मेहरिनसँगको भेटपछि उनले पनि मुश्लिम धर्म मान्न थाले । अन्ततः मेहरिनसंग संजयले बिहे गरे । अहिले उनी पुर्णरुपमा मुस्लिम भएका छन् ।

उनको पहिचान फेरिएको छैन तर उनको समाज सस्कृति सबै फेरिएको छ । उनी यसैमा खुसी छन् ।

हिन्दु धर्ममा जातीय विभेद हुँदा संजयलाई मन दुख्थ्यो, आखिर सबै मानिस न हो किन यस्तो भेदभाव भएको होला भन्ने उनलाई लाग्थ्यो ।

तर इश्लाम धर्ममा यस्तो हुँदैनथ्यो सबैलाई समान ब्यबहार गरिन्छ संजयलाई यहिँ कुराले पनि मुश्लिम धर्म अंगाल्न प्रेरित गरेको थियो । उनै उदाहरणीय जोडी संजय र मेहरिनसँग नेपाल चित्रले गरेको कुराकानी हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published.