Categories
ताजा समाचार

भोली फेरी यो योजना चाहियो भनेर नआउनुहोला, मेयरको यो अभिब्यक्ति पछी वडा अध्यक्षहरु थप जंगिए (भिडियो हेर्नुहोस)

पोखरा । पोखरा महानगरको नगरसभा चलिरहदा कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरुले बजेट पुस्तीका च्यातिदिए ।

एकजना वडा अध्यक्ष त कुर्चि टेबुल तोडफोडमै उत्रिए । मेयरले काग्रेसका वडा अध्यक्ष भएका वडामा थोरै बजेट दिएर राजनितिक पुर्वाग्रह साधेको उनीहरुको तर्क छ । महानगरका मेयर मान बहादुर जिसी नेकपा बाट बिजयी हुन ।

नगरसभाको भोलीपल्ट काग्रेसबाट निर्वाचित जनप्रतिनिधीले महानगरको मुल गेटमा ताला नै लगाए ।

मेयरले नगरसभामा काग्रेसका वडाअध्यक्ष लाई लक्षित गरी एउटा बाक्य बोलेका थिए – ‘भोली फेरी यो योजना चाहियो भनेर नआउनुहोला ।’

मेयरको यो अभिब्यक्ति पछी वडा अध्यक्षहरु थप जंगिए । के हो बास्तबिकता ? वडा अध्यक्ष कसरी तोडफोडमा उत्रिए ? बजेट बिबाद के हो ? मेयरको जवाफ के छ ? गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले यिनै प्रश्नहरुको जवाफ खोजेको छ । कृपया तलको पुरा भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.