काठमाडौँ — आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले उनको खोजी गरेको थियो।
उनलाई शुक्रबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
गत वर्ष मंसिर ११ मा उनले बुटवल ११ का विष्णु थापा र उनकी आमा झविमाया शिरिषमाथि धारिलो हतियार प्रयोग गरेकी थिइन्। उक्त घटना प्रहरी कहाँ पुगे पनि माताको दाबावमा पीडितहरुलेउजुरी फिर्ता लिएका थिए।
यो पनि हेर्नुहोस
काठमाडौं- रेडियो कार्यक्रमको प्रस्तोताबाट मिडिया यात्रा सुरु गरेका शिशिर भण्डारीले त्यसपछि टेलिभिजन कार्यक्रम प्रस्तोता, कलाकार, स्टेज कार्यक्रम सँचालक, स्ट्याण्ड अप कमेडियन, गायक, कलाकार हुँदै युटुबरसम्मको चिनारी बनाए ।
हाल यतिबेला उनी युटुब मार्फत् नै समाज सेवा गर्ने सामाजिक अभियन्ताका रुपमा चिरपरिचित भएका छन् ।
दुख तथा सँकटमा रहेका व्यक्तिहरुलाई सहयोग गर्न सधैं तत्पर रहने शिशिरले थुप्रै सामाजिक कामहरुलाई पुर्णता दिएका छन् । उनलाई सबैले गरिब, दुखीको हिरो भनेर पनि चिन्दछन् ।
बाटोमा सारँगी बजाउने बालक जनक गन्धर्वलाई स्कुल पढाउने, करेन्टले हात खुट्टा गुमाएका कृष्ण वलिलाई करोडौं सहयोग उठाएर कृत्रिम हात खुट्टा हाल्न योग्य बनाउने देखि लिएर अन्य धेरै सामाजिक कामहरु शिशिर भण्डारीले गरेका छन् ।
देश तथा विदेशना छरिएर रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीको साथ पाएका शिशिरले यतिबेला चितवनका २२ बर्षे बिनोद रानाभाटको दर्दनाक पिडालाई दर्शक माँझ ल्याएका छन् ।
कतारमा भारतीयलाई मारेको झुटो आरोपमा ३० महिनादेखि जेलमा रहेका बिनोदलाई ८२ लाख नेपाली रुपैंया तिरेर नेपाल फर्काउने अभियानमा शिशिर लागि परेका छन् । त्यसका लागि उनले सरकार र सबै नेपालीलाई अनुरोध गरेका छन् । भिडियो हेर्नुसः
https://youtu.be/zoHtpCSylvY