Categories
ताजा समाचार

छोरालाई बचाउने क्रममा बुबाको जीपले थिच्येर मृतु

दाङ १४ असार / जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दंगीशरणबाट तुलसीपुर आउँदै गरेको रा१ज ४३६ नम्बरको जिप दंगीशरण-७ श्रीगाउँनजिक शनिबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको हो।

दर्घटनामा जिप चालक सोही ठाउँका २९ वर्षीय डिल्ली बहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो।

जिप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

जीपमा चार जना मात्रै रहेको र सबै परिवारका सदस्य रहेको खुल्न आएको छ। अन्य तीनजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक ओली आफ्नो छोरालाई बचाउने क्रममा जीप मुनी च्यापिएका हुन्। उनले छोरालाई बचाउन जीपबाट हाम फल्ने क्रममा जीप मुनी च्यापिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

Leave a Reply

Your email address will not be published.