Categories
ताजा समाचार

मेयरले आफ्नै पार्टीका नेतालाई कुटपिट गरे

काठमाडौं । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् ।

बुधबार बिहान सीसीटीभीको उद्घाटन गर्ने क्रममा मेयर सरावगीले आफ्नै पार्टीका स्थानीय नेता अजय चौरसियामाथि कुटपिट गरेका हुन् ।

मेयरलाई सार्वजनिक कार्यक्रममै गाली गरेपछि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस 

काठमाडौं, असार ११–

आज हुने भनिएको राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल सरेको छ । परीक्षाफल भोलि (बिहीबार) मात्रै प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नजिता आज सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कारणले गर्दा भोलि मात्रै परीक्षाफल प्रकाशित हुने बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published.