Categories
ताजा समाचार

सिलिन्डर विष्फोटको अनुसन्धानमा प्रहरीद्वारा कक्षा ९ मा पढ्ने एक विद्यार्थी गिरफ्तार

सल्यान – सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो ।

त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका-६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान गिरफ्तार गरेको हो । उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयाे ।

अहिलेलाई सोधपुछका लागि गिरफ्तार गरेका हौँ, यदि घटनामा संलग्नता रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएमा कानुन बमोजिम गर्छौँ, डीएसपी शाहीले बताउनुभयाे । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले गिरफ्तार गरेपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ । उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको परिवारले बताएका छन्

Leave a Reply

Your email address will not be published.