एजेन्सी, ११ असार । सय करोडको आँकडा पार गर्न लागेको बलिउड फिल्म ‘कबीर सिंह’ विरुद्ध एक डाक्टरले उजुरी दिएका छन् ।
बलिउड अभिनेता शाहिद कपुरको जीवनकै उत्कृष्ट फिल्मको रुपमा विश्लेषण गरिराखिएको बेला ‘कबीर सिंह’ विरुद्ध मुम्बईका एक डाक्टरले उजुरी दिएका हुन् ।
सिनेमामा शाहिदको कामलाई लिएर एकातीर प्रशंसा भइरहेको छ भने अर्कोतीर डाक्टरलाई गलत तरिकाले देखाउन खोजिएको भन्दै ती डाक्टरले उजुरी दिएको बताइएको छ ।
सिनेमामा शाहिद एक जडिया डक्टरको भूमिकामा छन् ।
ती डाक्टरले मुम्बई प्रहरीसँगै केन्द्रिय स्वास्थ्य मन्त्री, सूचना तथा प्रसारण मन्त्रालय, राज्य स्वास्थ्य मन्त्रालय तथा सेन्सर बोर्डलाई समेत चिठ्ठओ लेख्दै सिनेमा रोक्न अनुरोध गरेका छन् ।
सिनेमाले हालसम्म ८८.३७ करोड भारूको कमाइ गरिसकेको छ ।