Categories
ताजा समाचार

निर्माता नरबहादुर कार्कीलाई प्रहरीले विप्लवका कार्यकर्ता भन्दै पक्राउ,नायिका रेखा थापा आक्रोश,रेखाको स्टाटस जस्ताको त्यस्तै

काठमाडौं, १० असार । फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई प्रहरीले विप्लवका कार्यकर्ता भन्दै पक्राउ सोमबार बालुवाटारबाट गरेपछि नायिका रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन् ।

थापाले सरकारले निर्माता किन पक्रेको भन्ने प्रश्नमा सरकारले दिएको जवाफलाई नालायक र पाखण्ड भएको बताएकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । उनले लेखेकी छिन्, ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो, सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ, धकेलेर, भर्खरै

मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको आफ्नै आँखाले देख्न पाइयो,’ रेखाले भनिन्, ‘सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधीलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे ?’

उनले कुनै व्यक्ति या पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ? भन्दै प्रश्न उठाएकी छिन् ।

रेखाको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published.