Categories
राजनीतिक

जनार्दन शर्मा-सर्लाही इञ्चार्ज कुमार पौडेललाई पहिले हातखुट्टा भाँचेर गोली हानेर पौडेलको हत्या गरिएको

काठमाडौं, १० असार । दोहोरो मुठभेटमा मा*रिएका भनिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको बारेमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले नयाँ खुलासा गरेका छन् ।

शर्माले उक्त घटनाको फोटो हेर्दा पहिले हातखुट्टा भाँचेर गो*ली हानेर पौडेलको ह*त्या गरिएको देखिएको बताएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा शर्माले गृहमन्त्री थापालाई प्रश्न गरे, ‘पहिला हातखुट्टा भाँचेर गो*ली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ? के गो*ली हानेपछि भाँच्चियो हातखुट्टा? यस्तो घटनाले विद्रोही जनतामा असन्तुष्टि आउँछ ।’

शर्माले विगत पनि सम्झिए । जनयुद्धमा निहत्था मानिस मारिएको उनको भनाइ थियो । ‘के हामी त्यही प्रवृत्ति दोहोर्‍याउन चाहन्छौं? कानुनी कारबाहीमा साथ हुन्छ तर ह*त्यामा साथ हुँदैन,’ उनले भने, ‘यो मुठभेडमा हो भन्ने लाग्दैन।’

उनले विप्लवले मुठभेड चाहेकाले सरकार त्यसतर्फ जान नहुने बताए । साथै उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.