Categories
ताजा समाचार

पोखराका विभिन्न स्थानमा बम फेला

पोखरा, १० असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका विभिन्न स्थानमा बम फेला परेका छन् ।

बन्दका क्रममा पोखराको लेखनाथको तालचोक नजिकै एक, पोखरा पार्दी बिरौटा चोक र चाउथे नजिकको सडकमा शंकास्पद बस्तु फेला परेका हुन् ।

आज बिहानै पोखराका विभिन्न स्थानमा बम तथा संकास्पद् बस्तु भेट्टिएसँगै सो क्षेत्रलाई घेरामा राखेर वरपर जान रोक लगाएको छ भने नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विप्लवको बन्दका कारण पोखराका सडकमा सार्बजनिक यातायात देखिएका छैनन् भने बिहानी सत्रका क्याम्पस पनि बन्द छन् ।

यसघि ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको थियो, जसलाई नेपाली सेनाका डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.