Categories
ताजा समाचार

लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी

लमजुङ – लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी भएके छ । यसवर्ष ७ सय ५० क्विन्टल अलैँची बिक्रीबाट ५ करोड २५ लाख रुपैयाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँका अनुसार यसवर्ष किसानले प्रतिकेजी ६ सय रुपैयाँदेखी ७ सय ५० रुपैयाँसम्मा अलैँची बेचेका थिए । तामाङका अनुसार गएकाे वर्ष ६ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो । गएकाे वर्ष अलैँची बिक्रीबाट ४ करोड हाराहारीमा आम्दानी भएको थियो ।

गएकाे वर्ष किसानले प्रतिकेजी ६ सयदेखी ६ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए ।

‘गएकाे वर्षको तुलनामा यसवर्ष जिल्लामा अलैँची उत्पादन पनि तुलनात्मक रुपमा बढेको भन्दै उहाँले गएकाे वर्षको तुलनामा यसवर्ष किसानले अलैँचीको मूल्य पनि राम्रो पाएका बताउनुभयाे ।

शाखाका अनुसार गएकाे केही वर्षहरुबाट अलैँचीले उच्च मूल्य पाउँदा यसकाे खेतीमा कृषककाे आकर्षण बढेकाे भए पनि पछिल्लाे समय फेरी अलैँचीको मूल्य तुलनात्मक रुपमा घट्दै जाँदा कतिपयले खेती गर्न छाडेका छन् ।

लमजुङमा अहिले झण्डै २० हजार किसानले अलैँची खेती गरेका छन् । लमजुङकाे ८ वटै स्थानीय तहमा गरी झण्डै १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published.