चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।
सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्निच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ ।
घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ । रासस÷सिन्ह्वा
यो पनि हेर्नुहोस
जान्नुहोसकस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन?
एजेन्सी, ५ असार । माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ। जान्नुहोसकस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन :-
गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ।
जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ। विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।
माछा खान नजान्नेका लागि
सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ।
कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ।त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।
मधुमेह (सुगर) भएकाहरूका लागि
अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।
पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि
माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।