Categories
ताजा समाचार

नेपाल प्रहरीका हवल्दार दुई जना महिलाको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा

काठमाडौं । हेर्दा कुनै चलचित्रका नायक जस्ता छन् उनी। आकर्षक जीउडाल र मुहारका उनले धेरै महिलालाई प्रेमको पासोमा पार्थे। आफ्नो स्वार्थ पूरा भए पछि छाडि दिन्थे। केही महिला निकै क्रेजी भए। छाड्न नमाने पछि हत्या सम्म गरे।

नेपाल प्रहरीमा हवल्दार पदसम्म पुगेका उनी दुई जना महिलाको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा परे। पहिलो घटनामा उनले अदालतबाट सफाई पाए। अर्को घटनामा अदालतले फैसला गर्दैछ।

गोरखा घर भएका ३३ वर्षीय राजेन्द्र तिवारीले २०६५ सालमा आरुघाटमा खटिंदा एक महिलासँग सम्बन्ध राखेका थिए। पम्फा कार्की नामकी विवाहित महिलासँगको सम्बन्धले चर्चा पाए पछि त्यहाँको समाजले सँगै लिएर जान वाध्य पारि दियो। तिवारीले महिलालाई लिएर त गए तर बुढीगण्डकीमा फालिदिएको विषयले निकै चर्चा पायो।

उक्त घटनापछि तिवारी माथि मुद्दा दर्ता भयो। अदालतले उनलाई सफाई दिए पछि पुनः प्रहरी सेवामा फर्किए। तिवारीको बानी सुध्रिएन। उनले २०७५ साउत ३ मा अर्को घटना घटाए। पेशाले शिक्षिका चमेली घलेसँग निकटता बनाए। फेसबुक मार्फत् बनाएको निकटता पछि भेटे पनि।

रसुवाको विद्यालयकी शिक्षिका चमेलीको शव काठमाडौंको होटलमा भेटियो। शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएकी उनको हत्यामा संलग्न भएको अभियोगमा तिवारी पक्राऊ परे।

२०७५ को साउनमा पक्राऊ परेका तिवारीले बलात्कार पछि हत्या गरेको आरोप घले परिवारले लगाएको छ। विगतमा पनि हत्यामा संलग्न भएकाले तिवारीको आपराधिक चरित्र रहेको आरोप घलेका दाजु कमलबहादुर घलेले लगाए। विगतमा महिलाको हत्यामा उन्मुक्ति पाएकाले यस पटक कुनै हालतमा पाउन नहुने उनले बताए।

Leave a Reply

Your email address will not be published.