कास्की, ७ असार । पोखराको मणिपाल अस्पताल परिसरमा सोही अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किचेर एक बालकको ज्यान गएको छ ।
डाक्टर तिमिल्सिनाले चलाएको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । डाक्टरले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको हो ।
अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको थियो ।
बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कार्बाही गर्न माग गरेका छन् ।
यो पनि हेर्नुहोस
कसले रोप्दै छ काठमाडौँमा ‘सिरिन्ज’ युवतीहरूमाथि
काठमाडाैं । पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।
सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।
‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् ।
घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा. बाँस्तोलाले भने । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ ।
एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् । आजकाे नयाँ पत्रिकामा याे खबर छ