Categories
ताजा समाचार

भारत जाने नेपालीका लागि अब भिसा अनिवार्य चाहिने (हेर्नुस् भिसासम्बन्धी सूचना सहित (NOC))

काठमाडौं, ७ असार । भारत जाने नेपालीका लागि अब भिसा अनिवार्य चाहिने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’

त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।

पटक–पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको जनाएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने भएको हो ।

यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।
हेर्नुस् भिसासम्बन्धी सूचना

Leave a Reply

Your email address will not be published.