Categories
ताजा समाचार

सपुतले राईलाई खुलापत्र लेखेका छन्, यो गीत भने पैले कहिल्यै नसुनेको उल्लेख

५ असार, काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ सुपर हिट भएको छ । गीतको सफलतामा दंग परिरहेका बेला सपुतलाई पुराना संगीतकर्मी शम्भु राईले झट्का दिए । गायक राईले गलबन्दी गीतको भाका आफ्नो पुरानो एउटा देउसी गीतमा मिलेको गम्भिर आरोप लगाए ।

त्यसपछि दर्शक-स्रोतहरुले दुवै गीतलाई दाँजेर हेर्न थाले । गीतको भाका मिल्दोजुल्दो भएको देखिए पनि कपी गरिएको आरोपमा भने अधिकांश सहमत भएनन् ।

राई भने आफ्नो भनाइमा अडिक नै छन् । यसबीचमा दुई श्रष्टाबीच संवाद पनि भयो । लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको मध्यस्थतामा भएको वार्तामा राईले आफ्नो गीत कपी भएको अडान लिए भने सपुतले नकारे ।

वरिष्ठ संगीतकर्मी राई सञ्चारमाध्यमहरुमा आए र यो प्रकरणले छुरी धसेजस्तो भएको, आफ्नो पहिचान मेटिन लागेकाले बोल्नु परेको जस्ता अभिव्यक्ति दिए ।

त्यसलाई लिएर सपुतले राईलाई खुलापत्र लेखेका छन्, जसमा उनले राईका गीतहरु पहिल्यैदेखि सुन्दै आएको भएपनि यो देउसी गीत भने कहिल्यै नसुनेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.