Categories
मनोरंजन

विष्णु माझी २ बर्षभित्र मिडियामा आउने पक्का पक्की (भिडियो सहित)

निकै लोकप्रिय गायिका विष्णु माझी अब छिट्टै नै मिडियामा सार्वजनिक हुने भएकी छिन् । धेरै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएकी छन् गायिका विष्णु माझी । केही वर्ष देखि गायिका विष्णु माझी श्रीमान् सुन्दरमणी अधिकारीले नजर बन्दमा छन् भनेर हल्ला मिडियामा बारम्बार आइरहेको छ ।

गीत रेकर्डिङको समयमा लगानी कर्ताले लगानी लगाउँछन् तर गायिका विष्णु माझी लाइ देख्न पाउँदैनन् । स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडीमा जन्मिएकी लोक दोहोरी गायिका विष्णु माझीको बारेमा अहिले अनेकौँ प्रसङ्गहरू जोडिएको देखिन्छ भने सर्वत्र गायिका विष्णु माझिलाई सार्वजनिक गर्न जोडदार माग उठ्न थालेका छन् ।

विष्णु माझी कहिले आउँछिन् मिडियामा? यो सर्वाधिक चासोको विषय बन्दै गएको छ । यो चासो अहिले पनि छ र हुँदै पनि जाने छ । हालै उनी निकटका केही व्यक्तिहरूका अनुसार माझीले र उनका श्रीमान् सुन्दरमणी अधिकारीले चाडै मिडियामा आउने सङ्केत गरेको बताएका छन् ।

नाम नखुलाउने सर्तमा निकट श्रोतले भन्यो, ‘अति धेरै आलोचना र अनावश्यक हल्ला फैलिने क्रम बढेपछि उनीहरूले मिडियामा आउने सोच बनाएको जस्तो देखिन्छ ।’ सुन्दरमणी फ्याट्टफुट्ट देखिएपनि विष्णु माझी भने १० वर्षदेखि मिडियामा सार्वजनिक भएकी छैनन् ।

निरन्तर प्रहरी, सुभचिन्तक र फ्यानहरुले चासो दिन थालेपछि उनिहरु मिडियामा आउने सोच बनाएको बुझिएको छ । निकट व्यक्तीका अनुसार माझी दम्पत्ती डेढ देखि २ बर्षभित्र मिडियामा आउने पक्का पक्की छ । भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published.