Categories
ताजा समाचार

रवि लामिछानेको टिभी कर्मलाई म पत्रकारिता मान्दिनँ ,त्यो त लतार्ने, चिथोर्ने, टोक्ने र गिजोल्ने काम हो-बरिष्ठ पत्रकार किशोर नेपाल (भिडियो सहित)

काठमाडौं, ४ असार । बरिष्ठ पत्रकार किशोर नेपालले अहिलेको पत्रकारिता जाममा फसेको बताएका छन् । नेपालको अहिलेको पत्रकारिता न अघि बढेको छ न त पछी नै हटेको छ, त्यसैले त उनि भन्छन् -पत्रकारिता जाममा फसेको छ ।

उनि अगाडी थप्छन्,” रवि लामिछानेको टिभी कर्मलाई म पत्रकारिता मान्दिनँ । त्यो त लतार्ने, चिथोर्ने, टोक्ने र गिजोल्ने काम हो ।

के टिभीमा चर्किदैमा भ्रष्टाचारको अन्त्य हुन्छ ? भ्रष्टाचार विरुद्धको चर्का कुरा गरेर हिरो हुन खोज्नुअघि उनले आफ्नो विगत हेर्नुपर्यो, लामिछानेको पत्रकारिता र वर्तमान सरकारको समृद्धि नारा उस्तै–उस्तै हो ।’

सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै डोकोमा राखेर गरिने विश्लेषण उनलाई कति पनि चित्त बुझ्दैन् । पत्रकारिता उत्तरदायी हुन्छ । नियम कानुन लाग्छ । तर सामाजिक सञ्जाल अनियन्त्रित हुन्छ ।

पत्रकारिताका नाममा हुने सस्ता सामग्रीको सम्प्रेषणबाट उनी दिक्क छन् । त्यसैगरी धुर्मुस–सुन्तलीको विकास प्रेमलाई उनी हाँस्यव्यंग्य चल्न छोडेपछिको फन्डा ठान्छन् । उनै बरिष्ठ पत्रकारसँग नेपाल आजले गरेको कुराकानी तल हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published.