Categories
अन्तरास्ट्रिय

टेलिभिजन अभिनेता एवं गायक करण माथि बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ

एजेन्सी, ३ असार । टेलिभिजन अभिनेता एवं गायक करण ओवरोयमाथि बलात्कारको झुटो आरोप लगाउने महिलालाई पक्राउ गरिएको छ । भारतको मुम्बई प्रहरीले अभिनेता ओवरोयमाथि बलात्कारको झुटो आरोप लगाउने महिलालाई पक्राउ गरेको हो ।

करणलाई ती महिलाले मे ६ मा बलात्कार तथा ब्ल्याकमेल गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका करणलाई एक महिनापछि अदालतले ६ जुनमा जमानतमा रिहा गरेको थियो ।

प्रहरीले ती महिलालाई झुटो उजुरी दिएको र आफैमाथि हमलाको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी ती महिलाले गत २५ जुनमा मोटरसाइकलमा आएका दुई जनाले आफूमाथि हमला गरेको र करणमाथि लगाइएको आरोप फिर्ता लिन धम्की दिएको बताएकी थिइन । सो समयमा उनले आफूमाथि एसिड हान्ने असफल प्रयासमसेत भएको जनाएकी थिइन् ।

प्रहरीले सो उजुरीका आधारमा केहि दिनपछि दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।

उनीहरू पक्राउ परेपछि पक्राउ परेका मध्ये एक ती महिलाका वकिलका नातेदार रहेको खुलासा भएको थियो । पक्राउ परेका ती दुबै व्यक्तिले महिलाकै योजनामा सो नियोजित हमला गरिएको र त्यसका लागि आफूहरूलाई १० हजार भारू दिएको बताएपछि ती महिलाको कर्तुत माहिर आएको हो ।

यो पनि पढ्नुहोस्ः समता अस्पतालमा युवतीको शव झुण्डिएको अवस्थामा फेला – बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।

तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विगत दुई महीनादेखि यही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published.