Categories
ताजा समाचार

प्रनेश रिहा भएपछि एक मिडियामा अन्तर्वार्ता दिदै भनेका छन् – धन्यवाद मिलन चाम्स, तपाईँको झोँकले मलाई फेमस बनायो

काठमाडौं, ३ असार । वीर विक्रम २ फिल्मको गलत समीक्षा गरेको आरोपमा जेठ २४ गते प्रहरीद्वारा पक्राउ गरिएका प्रनेश गौतम साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंको न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले आज दिनभर थुनछेक बयान र बहसपछि साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबारसम्बन्धी कसूर गरेको भन्दै प्रनेशविरूद्ध मुद्दा दायर गरेको थियो ।

वीरविक्रम २ को कलाकारका मान मर्दनमा आंच आउने किसिमले अश्लिल शब्द प्रयोग गरेर समिक्षा गरेको आरोप लगाउँदै निर्देशक मिलन चाम्लिङ् (मिलन चाम्स)ले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

प्रनेश रिहा भएपछि एक मिडियामा अन्तर्वार्ता दिदै भनेका छन् – धन्यवाद मिलन चाम्स, तपाईँको झोँकले मलाई फेमस बनायो । उनले हिरासतमा हुदा धेरै कुराको अनुभव भएको बताएका छन् । पुरा कुराकानी हेर्नुहोसः

Leave a Reply

Your email address will not be published.