Categories
ताजा समाचार

काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन -प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आशलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा दिए ।

तीनकुनेस्थित भीएस निकेतन केन्द्रबाट परीक्षा दिएका उनले भने, ‘दक्षिण कोरिया जाने पहिलो खुडकिलो भनेकै भाषा पास गर्नु रहेछ । त्यसैले परीक्षा दिएको हुँ ।’

अधिकारी शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाका लागि काठमाडौं छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्‍यायो । एसएलसी पहिलो र प्लस टु दोस्रो श्रेणीमा पास गरेका थिए । उनीजस्तै करिब ९२ हजार युवाले काेरिया भाषा दिइरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अन्य – ठूला करदाताले अझै तिरेनन् कर, महानगरपालिकाकै जग्गा भाडामा लिएर पनि कर छली
ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् ।महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ ।

महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् ।पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published.